काठमाडौं, ५ बैसाख : पृथ्वी राजमार्ग, लकडाउनको २३ औं दिन । पछिल्ला दिनमा जस्तै बिहीबार पनि राजमार्गमा ट्रक र केही अत्यावश्यक सेवाका यातायातका साधन मात्र गुडिरहेका थिए । सडक किनारमा भने पैदल यात्रुको भीड । वैशाखकोे दिन, मध्याह्नको चर्को घामले तातिएको सडकमा पैताला खियाउँदै, पसिना बगाउँदै हिंडिरहेका यी मजदुर घुम्न राजधानी आएका होइनन् । पसिना बगाउन र देश बनाउन…