काठमाडौँ, २ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय…