२०८३, २० आश्विन बुधबार

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष


सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन आउनैं लाग्दा नेपाली कम्युनिष्ट पार्टीका २ दर्जन कार्यकर्ताहरुले सो पार्टीबाट बिद्रोहगरी नेकपा एमालेमा समाहित भएका छन् । उनीहरुले विजयी भएपनि कोही पनि सांसदहरु फर्केर पनि नआएको र आफ्‌ना समस्याहरु प्रति उनीहरुले निरन्तर वेवास्ता गरेकाले नेकपा माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टीमा बिद्रोह गरेको बताएका थिए ।

क्षेत्र नं. २ अन्तर्गत फलामेमा चुनावी माहोल थप तातेको छ। पार्टी समाहित कार्यक्रममा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनोेज जग थापाले समाहित हुनेहरुलाई अविर र खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उनले विगतमा केही दलले गरेका वाचा पूरा नगरेको, चुनाव जितेपछि जनप्रतिनिधि जनताको बीचमा नपुगेको गुनासो व्यापक रूपमा आएको उल्लेख गरे।

उनले क्षेत्र नं. २ विकासका दृष्टिले पछि परेको उदाहरण दिँदै अबको जितपछि उक्त अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। “विकास, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्ध हाम्रो प्राथमिकता हो,” उनले भने।

समाहित हुनेहरुले यस पटकको निर्वाचनमा इमालेका सूर्यध्वजावहाक उमेदवार मनोजंग थापालाई बिजयी गराउन आफ्‌नो सक्रियता रहने बताएका थिए । पार्टी प्रवेश कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। नवप्रवेशीहरूले विगतका प्रतिबद्धता कार्यान्वयन नभएकाले विकल्प रोज्नुपरेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमपछि समर्थकहरू राति अबेरसम्म नाचगान गर्दै उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए। फलामे लगायत क्षेत्र नं. २ का विभिन्न स्थानमा चुनावी गतिविधि तीव्र बन्दै गएको देखिएको छ।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  ९ : १७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय