२०८३, २९ भाद्र मंगलबार

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक


राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मो अब्दुल रहमानको तस्वीर र एमालेको चुनाव चिन्ह “सूर्य अंकित झण्डा” जलाइएको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा रास्वपाका कार्यकर्ताहरूले एमालेविरुद्ध गालीगलौज गर्दै जयकार गरेको देखिन्छ। यस क्रममा एक व्यक्तिले उम्मेदवार रहमानको तस्वीर प्रत्यक्ष जलाएको दृश्यसमेत कैद भएको छ। समूहले “सप्तरी–२ अन्तर्गत महदेवा गाउँपालिकामा एमालेलाई यसरी स्वागत गरिन्छ” जस्ता अशोभनीय शब्द प्रयोग गरेको सुनिन्छ।

स्थानीयस्तरमा यस घटनालाई निर्वाचन आचारसंहिता उल्लङ्घनको रुपमा आलोचना गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर राईले घटना अनुसन्धान अन्तर्गत रहेको बताए।

दाङ घटनाको विरोधमा एमाले निकट यूवा विद्यार्थीहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। राजनीतिक विश्लेषकहरूले यस घटनालाई आगामी निर्वाचनको सुरक्षा र संवेदनशीलताको नयाँ बहसको विषय बनेको ठानेका छन्।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  ११ : ०७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक