२०८३, २० आश्विन बुधबार

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत


बनेपा । नेकपा एमालेका केन्द्रीय तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामालाई तेमाल गाउँपालिका अन्तर्गत पोखरी नारायणस्थानमा भव्य स्वागत गरिएको छ। घरदैलो कार्यक्रमका क्रममा तेमाल पुगेका लामालाई स्थानीय कार्यकर्ता तथा सर्वसाधारणले उत्साहपूर्ण रूपमा स्वागत गरेका हुन् ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं एमाले क्षेत्रीय संयोजक ईन्द्रमान लामाङ, तेमाल गाउँपालिका अध्यक्ष सत्यमान लामा तथा बागमती प्रदेश सभा सदस्य ज्ञनबहादुर लामालगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लामाले तेमालको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तेमालमा उत्पादन हुने बुद्धचित्तलाई ब्रान्डिङ गरी आर्थिक सम्भावना विस्तार गर्ने योजना अघि सार्नुभयो। साथै, खानेपानी र सडक पूर्वाधारको सुधारलाई तत्काल प्राथमिकतामा राखेर काम अगाडि बढाइने बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनाका क्षेत्रमा ठोस कार्यक्रम ल्याई तेमाललाई नमूना पालिका बनाउने अठोट व्यक्त गर्नुभयो। “जनताको विश्वास र साथ पाएमा तेमालमा दीगो विकासको नयाँ आधार तयार गर्नेछौँ,” उहाँले भन्नुभयो।

उम्मेदवार लामाले आगामी निर्वाचनमा एमालेका पक्षमा मतदान गरी विजयी गराउन सम्पूर्ण तेमालवासीसँग अपिल गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  १२ : ५० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय