२०८३, १० बैशाख शुक्रबार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको अनुगमन गरेका छन्। उनले गत भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कार्यालयमा पुगी क्षति अवलोकन गरेका हुन्। जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए, जसका कारण ट्राफिक प्रहरीको संरचना र सेवा प्रभावित भएको…