२०८३, १० कार्तिक मंगलबार

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग


जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा मंगलबार प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामाको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) मा स्थानीयले सडक अवरुद्ध गर्दै प्रहरी दमनको विरोध गरेका थिए। उनीहरूले मृतक मेहतालाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरेका छन्।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध भएको थियो। आन्दोलनकारीसँगको छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेको छ। आन्दोलनकारीहरूले घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ११ : ४४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना