२०८३, २९ भाद्र मंगलबार

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग


जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा मंगलबार प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामाको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) मा स्थानीयले सडक अवरुद्ध गर्दै प्रहरी दमनको विरोध गरेका थिए। उनीहरूले मृतक मेहतालाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरेका छन्।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध भएको थियो। आन्दोलनकारीसँगको छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेको छ। आन्दोलनकारीहरूले घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ११ : ४४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक