२०८३, १० कार्तिक मंगलबार

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता


भक्तपुर, ६ साउन । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागि भएका एमालेका छ जना मन्त्रीले आज संयुक्त राजिनामा बुझाए संगै एमाले सरकारबाट बाहिरिएको वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो । उहाँलृ सबै मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच दुरी बढेपछि कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिएको हो । बागमती प्रदेश सरकारमा एमालेबाट स्वास्एथ्य मन्त्री किरण थापा मगर, कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका थिए ।

प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरेपछि मुख्य मन्त्री बानियाँले यसअघिका स्वास्स्थ मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसीलाई मन्त्रालयका जम्मेवारी नदिई साउन १ गतेदेखि विनाविभागीय मन्त्री बनाएका थिए । एमालेले राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यसअघि नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भए अनुसार अबको सरकारको नेतृत्व एमालेले गर्ने पालो भएपनि मुख्य मन्त्री बानियाँले सरकार छाड्न नमाने पछि बिवाद सुरु भएको थियो । नेपाली काँग्रेसका सभापति गगन थापाले सातै प्रदेशमा एमालेसंगको सञ साझेदारी तोड्ने निर्णय गरेसंगै ६ वटा प्रदेशका सरकार धरापमा परेको थियो ।

पछिल्लो समयमा प्रदेशमा नयाँ सत्ता गठबन्धन गर्न नेकपा एमाले र नेकपा सहमति नजिक पुगिसकेका छन् । यधपी कुन प्रदेशमा कसले नेतृत्व गर्ने र अर्को दलले कुन कुन मन्त्रायल लिने भन्ने टुंगो लाग्न बाँकी रहेको निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो। नेपाली काँग्रेसका केही नेताले भने स्थानीय तह र प्रदेश सरकारको निर्वाचनका मुखमा एमालेसंगको सञ साझेदारीलाई पार्टी सभापति गगन थापाले तोडेर गपल्त गरेको भन्दै आक्रोस पोखेका छन् ।

प्रकाशित मिति : २०८३, ५ श्रावण बुधबार  ११ : १५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना