२०८३, १० कार्तिक मंगलबार

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने


रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति बनेसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूबाट राजीनामा गराउने तयारी गरेको छ।

कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन्।

सहरी विकास तथा खानेपानी मन्त्री राणाले आजै मन्त्री पदबाट राजीनामा दिने र कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने बताए।

‘आजै मार्ग प्रशस्त गर्छौँ। समर्थन पनि फिर्ता हुन्छ। अब हामी प्रतिपक्षमा बस्ने हो,’ उनले भने। एमाले–नेकपाबीचको सहमतिपछि लुम्बिनी प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने भएको छ। कांग्रेस सरकारबाट बाहिरिएसँगै प्रदेश सरकार नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ९ श्रावण आईतबार  १२ : ३६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना