काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि प्रशासनिक ढिलासुस्ती नै ठूलो समस्या भएको बताएका छन्। ढिलासुस्तीले भ्रष्टाचारलाई मलजल दिने काम गरेको भन्दै उनले समयमै काम नगर्ने प्रवृत्तिले राज्यलाई ठूलो क्षति पुर्याएको बताएका हुन् । शुक्रबार काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले…