२०८३, ३१ श्रावण सोमबार

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम


सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले संगठनलाई नयाँ नेतृत्व सुम्पिएको छ। सिड्नीको अवर्नमा सम्पन्न अधिवेशनले अष्ट्रेलियाका आठवटै राज्यबाट सहभागी प्रतिनिधिबीच व्यापक छलफलपछि रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट रमेश पौडेल अध्यक्षमा चयन भएका छन्। दीपक पहारी उपाध्यक्ष, मिलन पाठक सचिव र किशोर भण्डारी सहसचिवमा निर्वाचित भएका छन्। सदस्यहरूमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुषाल, गणेश राज गौतम, मोहन शर्मा र तेजविक्रम मल्ल चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय कमिटीका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनमा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाहकार तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, एनआरएनए उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, ओएनएफ अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष विष्णु हमाल, एनआरएनए एनएसडब्ल्यू संयोजक उषा वारिया, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायत नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको सहभागिता थियो।

प्रमुख अतिथि पाण्डेले पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष केशव जोशीले गरेका थिए भने सचिव प्रकाश पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए। उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य राखेका थिए भने उपसचिव अशिम कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए।

अधिवेशनको बन्द सत्रमा निवर्तमान अध्यक्ष केशव जोशीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दीपक पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।

प्रतिवेदनमाथि छलफलपछि प्रतिनिधिहरूले संगठनको आगामी कार्यदिशा, प्रवासी नेपालीका सरोकार तथा अष्ट्रेलियामा मञ्चको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

त्यसपछि अष्ट्रेलियाका आठवटै राज्यबाट आएका प्रतिनिधिबीच भएको छलफलबाट नयाँ नेतृत्व चयन गरिएको हो। प्रतिस्पर्धाभन्दा सहमति र एकतालाई प्राथमिकता दिँदै सर्वसम्मत नेतृत्व चयन हुनुलाई अधिवेशनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

नवनिर्वाचित कार्यसमितिले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच संगठनात्मक एकता र सहकार्यलाई बलियो बनाउँदै प्रवासी नेपालीका मुद्दालाई प्रभावकारी रूपमा उठाउने चुनौती पाएको छ। साथै, नयाँ पुस्तालाई संगठनसँग जोड्ने, नेपाली समुदायका सामाजिक सरोकारमा सक्रिय भूमिका खेल्ने तथा नेपाल र प्रवासबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा पनि नयाँ नेतृत्वमाथि गरिएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ६ : १२ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा