२०८३, ९ कार्तिक सोमबार

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत पाएका छन्। सोमबार भएको मतदानमा आचार्यको पक्षमा ४५ सांसद उभिँदा विपक्षमा २६ मत परेको हो।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानपछि सभामुख तुलाराम घर्तीमगरले आचार्यले प्रदेशसभाको बहुमत प्राप्त गरेको घोषणा गरेका छन्। आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले समर्थन गरेका थिए। त्यसविपरीत नेपाली कांग्रेस र जनमत पार्टीका सांसदले विपक्षमा मतदान गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मतदानमा सहभागी भए पनि पक्ष वा विपक्षमा मत नदिई तटस्थ बसेको छ। प्रदेशसभाबाट विश्वासको मत पाएसँगै आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ। मतदानको परिणामसँगै तत्कालका लागि लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको सम्भावना टरेको छ।

बहुमत जुटाउन सफल भएसँगै मुख्यमन्त्री आचार्यको राजनीतिक हैसियत थप बलियो भएको छ भने लुम्बिनीको सत्ता समीकरण पनि केही समयका लागि स्थिर हुने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ४ : ४० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि