२०८३, ३१ श्रावण सोमबार

सिन्धुलीमा ‘गोदामको राज’माथि प्रशासनको धावा, जय दासका भण्डारमा छापा

सिन्धुलीमा ‘गोदामको राज’माथि प्रशासनको धावा, जय दासका भण्डारमा छापा


सिन्धुली । बजारमा चिनी अभाव, दैनिक उपभोग्य वस्तुको महँगी र गोदाममा थुपारिएको सामानको गुनासो बढेपछि सिन्धुली प्रशासनले विवादास्पद व्यापारी जय दासका ढुंग्रेबासस्थित विभिन्न गोदाममा एकैपटक छापा मारेको छ।

दासका ५० भन्दा बढी गोदाम रहेको बताइएको छ। ती गोदाममा सिन्धुलीलाई करिब तीन महिनासम्म पुग्ने नुन, तेल, चिनी, खाद्यान्न, पेय पदार्थलगायतका वस्तु थुपारिएको स्रोतको दाबी छ। चाडपर्व नजिकिँदै गर्दा सामान लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने आशंकामा प्रशासनले गोदामको खोजतलास थालेको हो।

अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थसमेत ठूलो परिमाणमा फेला परेको अधिकारीहरूले बताएका छन्। म्याद गुज्रिएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर बजारमा पठाउने गरिएको आशंकासमेत गरिएको छ।

यो पहिलो घटना भने होइन। गत वर्ष पनि दासका गोदाममा अनुगमन गर्दा म्याद नाघेका खाद्य तथा पेय पदार्थ फेला परेका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी भरत खनालको नेतृत्वमा खटिएको टोलीले त्यतिबेला उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गराउँदै म्याद गुज्रिएका सामग्री नष्ट गरेको थियो।

त्यसपछि पनि दासको कारोबार र गोदाम व्यवस्थापनमाथि प्रश्न उठ्दै आएको थियो। अझ विवादास्पद बनेको विषय हो—दासले सिन्धुलीका प्रहरी प्रशासन तथा खाद्य प्रयोगशालाका अधिकारीलाई आफूले ‘पाल्दै आएको’ भन्दै प्रभावको दाबी गरेको भनिएको अभिव्यक्ति। उक्त अभिव्यक्ति सार्वजनिक भएपछि प्रशासनले गोदाममा छापा मारेको स्रोतको दाबी छ।

सयौँ बोरा सामान थुपारिएका गोदाम, म्याद गुज्रिएका सामग्री र बजारमा देखिएको अभावबीच प्रशासनको छापाले सिन्धुलीको व्यापारिक क्षेत्रमा ठूलै प्रश्न उठाएको छ।

धेरै गोदाम भएकाले अनुगमनमा समय लागेको अधिकारीहरूले बताएका छन्। सबै गोदामको निरीक्षणपछि वास्तविक अवस्था थप स्पष्ट हुने प्रशासनको भनाइ छ।

अब प्रश्न उठेको छ—गोदाममा वास्तवमै कति सामान लुकाइएको थियो ? म्याद नाघेका सामान बजारमा पुगेका थिए कि थिएनन् ? र बजारमा देखिएको कृत्रिम अभावको पछाडि कसैको खेल थियो कि थिएन ?

अनुगमनबाट यी प्रश्नको जवाफ खोजिने अपेक्षा गरिएको छ। दोष प्रमाणित भए सम्बन्धित व्यापारीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने मागसमेत उठेको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ३ : ०१ बजे

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।

सिन्धुलीमा ‘गोदामको राज’माथि प्रशासनको धावा, जय दासका भण्डारमा छापा

सिन्धुली । बजारमा चिनी अभाव, दैनिक उपभोग्य वस्तुको महँगी र

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका–४ स्याउरीथलीमा भएको सवारी दुर्घटनामा दुई

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको