काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रिजालमाथि गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप छ। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए। जेनजी आन्दोलनपछि उनी एक महिना नपुग्दै सीडीओबाट हटाइएका थिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसमेत कारबाही सिफारिस गरेको…