२०८३, १९ आश्विन मंगलबार

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन


काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा एमालेले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०/१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि युवा स्वयंसेवक फोर्सका स्वयंसेवकलाई परिचालन गरी बिदाइ गर्ने क्रममा सहयोग घोषणा गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। एमालेले पार्टीका सबै तहका कमिटीबाट समेत सहयोग संकलन गरी थप एकमुष्ट रकम उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

यसअघि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीका नेताहरूको टोलीले बिहीबार नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिएको थियो।

टोलीमा एमाले सचिव डा. राजन भट्टराई, नीति अध्ययन प्रतिष्ठानका प्रमुख विष्णु रिमाल, जनसंगठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्य पार्वत गुरुङलगायत सहभागी थिए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेसहित विभिन्न जनसंगठनका प्रतिनिधि पनि टोलीमा थिए।

टोलीले प्रभावित क्षेत्रका नागरिकसँग भेट गरी उद्धार, राहत तथा तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिएको थियो। एमालेले विपद्को समयमा पार्टीका नेता तथा कार्यकर्तालाई राहत, उद्धार र स्वयंसेवी काममा परिचालन गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  ३ : १० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि