२०८३, ९ कार्तिक सोमबार

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल


रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढीपीडितको उद्धार तथा राहतमा भन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन्।

मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भए पनि सरकारको उदासीनताका कारण अहिले यही अधिकार संकटमा परेको बताए। उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहेका बेला सरकारका मन्त्रीहरू भने हेलिकप्टर सयरमा केन्द्रित रहेको उनको आरोप छ।

‘सुरुङभित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन। सुरुङभित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ,’ उनले भने। सरकारका हरेक गतिविधि भ्रम सिर्जना गर्ने र स्ट्यान्डबाजीमा केन्द्रित रहेको आरोप पनि ढुङ्गेलले लगाए।

‘सरकार बाटोमा आफैँ गाडी तेस्र्याउँछ, आफैँ उठाएर लैजान्छ। यस्तो स्ट्यान्डबाजीबाट देश चल्दैन,’ उनले भने। ढुङ्गेलले सरकारले आफैँ कानुन बनाउने तर आफैँ त्यसको पालना नगर्ने गरेको आरोप लगाए। ‘ड्रेस लगाउनु पनि नपर्ने, कालो चस्मा लगाएर हिँड्दा हुने, यसैलाई वाहवाही गरिदिने ?’ उनले प्रश्न गर्दै भने, ‘लोकतन्त्रका नर्म्स मान्नु पर्दैन ?’ सरकारले सुकुम्बासीका बस्ती भत्काएर उनीहरूको बिजोग बनाएको आरोप पनि उनले लगाए।

‘डोजरले घर भत्काएर बहादुरी हुन्छ र ! कहाँ गयो त्यो अभियान ? टुंगियो, सक्कियो ?’ उनले प्रश्न गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेका घटनाको दोषी ठहर्‍याउन १३ दिनसम्म थुनामा राखिए पनि सरकारले उनीविरुद्ध कुनै ठोस कुरा फेला पार्न नसकेको ढुङ्गेलले दाबी गरे। ‘सस्तो लोकप्रियताका लागि जे पनि गर्ने ?’ उनले प्रश्न गरे।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  १० : ३८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि