२०८३, १९ आश्विन मंगलबार

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल


रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढीपीडितको उद्धार तथा राहतमा भन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन्।

मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भए पनि सरकारको उदासीनताका कारण अहिले यही अधिकार संकटमा परेको बताए। उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहेका बेला सरकारका मन्त्रीहरू भने हेलिकप्टर सयरमा केन्द्रित रहेको उनको आरोप छ।

‘सुरुङभित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन। सुरुङभित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ,’ उनले भने। सरकारका हरेक गतिविधि भ्रम सिर्जना गर्ने र स्ट्यान्डबाजीमा केन्द्रित रहेको आरोप पनि ढुङ्गेलले लगाए।

‘सरकार बाटोमा आफैँ गाडी तेस्र्याउँछ, आफैँ उठाएर लैजान्छ। यस्तो स्ट्यान्डबाजीबाट देश चल्दैन,’ उनले भने। ढुङ्गेलले सरकारले आफैँ कानुन बनाउने तर आफैँ त्यसको पालना नगर्ने गरेको आरोप लगाए। ‘ड्रेस लगाउनु पनि नपर्ने, कालो चस्मा लगाएर हिँड्दा हुने, यसैलाई वाहवाही गरिदिने ?’ उनले प्रश्न गर्दै भने, ‘लोकतन्त्रका नर्म्स मान्नु पर्दैन ?’ सरकारले सुकुम्बासीका बस्ती भत्काएर उनीहरूको बिजोग बनाएको आरोप पनि उनले लगाए।

‘डोजरले घर भत्काएर बहादुरी हुन्छ र ! कहाँ गयो त्यो अभियान ? टुंगियो, सक्कियो ?’ उनले प्रश्न गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेका घटनाको दोषी ठहर्‍याउन १३ दिनसम्म थुनामा राखिए पनि सरकारले उनीविरुद्ध कुनै ठोस कुरा फेला पार्न नसकेको ढुङ्गेलले दाबी गरे। ‘सस्तो लोकप्रियताका लागि जे पनि गर्ने ?’ उनले प्रश्न गरे।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  १० : ३८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि