२०८३, १९ आश्विन मंगलबार

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ। वार्तामा नेपाल–चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान र प्रभावकारी पूर्वसूचना प्रणाली विकासमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भविष्यमा बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दुवै देशबीच विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन्। वार्ताका क्रममा दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। बाढी प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार तथा राहत कार्यबारे पनि उनीहरूबीच जानकारी आदानप्रदान भएको थियो।

त्यस्तै, चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्तीका विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री खनालले विपद्को कठिन अवस्थामा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चिनियाँ विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद दिएका छन्।

दुई देशबीच आगामी दिनमा विपद् जोखिम न्यूनीकरण, समयमै सूचना आदानप्रदान तथा खोज–उद्धारमा समन्वय थप प्रभावकारी बनाउने विषयमा निरन्तर सहकार्य गर्ने समझदारी बनेको छ।

प्रकाशित मिति : २०८३, १२ भाद्र शनिबार  ७ : १४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि