२०८३, १९ आश्विन मंगलबार

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ : आङ्देम्बे

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ : आङ्देम्बे


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा फैलिएको दुर्गन्ध गम्भीर चुनौती बन्दै गएको बताएका छन्।

कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापनका क्रममा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए।

‘फेला परेका शवबाट दुर्गन्ध निस्केर भयावह अवस्था सिर्जना भएको छ। शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइकन व्यवस्थापन गरिरहेको कुरा गम्भीरतापूर्वक उठिरहेको छ,’ उनले भने, ‘भोटेकोशी र त्रिशूली क्षेत्रको दुर्गन्ध हाम्रो लागि विशेषगरी ठूलो चुनौती हो।’

यस विषयमा आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको आङ्देम्बेले बताए। शनिबार प्रधानमन्त्रीसँग भेट गरेपछि स्थानीय तहका नेता तथा कार्यकर्ताबाट प्राप्त जानकारीका आधारमा नौबुँदे ध्यानाकर्षण गराएको उनको भनाइ छ।

प्रभावित क्षेत्रमा तत्काल हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए।

आङ्देम्बेले विपद्को समयमा नेपाली कांग्रेसले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। बाढी प्रभावित नागरिकबीच पार्टीको झण्डा बोकेरभन्दा विशुद्ध सेवाको भावनासहित पुग्नुपर्ने उनको भनाइ छ।

‘यस्तो बेला पार्टीको झण्डा बोकेर बाढीपीडितको ठाउँमा नगई विशुद्ध सेवाको रूपमा हामी अगाडि जानुपर्छ। सेवा देखेपछि मान्छेले आफैं पार्टी चिन्छ,’ उनले भने।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  १२ : ४० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि