काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधन गर्दै आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जारी भिडियो वक्तव्यमा उनले भने कि केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा समेटेर नियमित महाधिवेशन गर्ने विस्तृत प्रस्ताव प्रस्तुत गरेको जानकारी…