२०८३, २० आश्विन बुधबार

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनहरूमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै संसद् पुनःस्थापनाका लागि उत्प्रेषण तथा परमादेश आदेश मागदाबी गरिएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

अहिलेसम्म १६ वटा मुद्दा दायर भइसकेको प्रवक्ता कोइरालाले जानकारी दिए।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत पूर्णरूपमा जलेपछि अहिले त्रिपालमुनि अस्थायी रूपमा न्यायिक कामकाज सञ्चालन भइरहेको छ।

जेनजी पुस्ताको आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही दिन प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको घोषणा गरेका थिए।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ८ : ५७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको