२०८३, २० आश्विन बुधबार

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नयाँ दल दर्ताका लागि “कम्युनिस्ट पार्टी नेपाल” नाम प्रस्ताव गरेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने उद्देश्य सहित उक्त दलको दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

विप्लव समूहका तर्फबाट सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र कर्णजित बुढा लगायतका नेताहरूले सोमबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएका छन्। निवेदनमा विप्लवलाई पार्टीको महासचिव र विश्वकर्मालाई प्रवक्ताका रूपमा उल्लेख गरिएको स्रोतले जनाएको छ। दर्ता निवेदन बुझाएपछि प्रवक्ता विश्वकर्माले भने, “हामी अब सशस्त्र बाटो होइन, जनमत र लोकतान्त्रिक अभ्यासको बाटोबाट अघि बढ्नेछौं। आगामी निर्वाचनमा पार्टीले सक्रिय रूपमा भाग लिनेछ।”

निर्वाचन आयोगका अनुसार हालसम्म १२४ दल दर्ता भइसकेका छन् भने यसपालि थप १७ दलले नयाँ दर्ताका लागि निवेदन दिएका छन्। आयोगले दर्ता निवेदनको अध्ययनपछि नाम स्वीकृत गर्ने वा अस्वीकार गर्ने निर्णय गर्नेछ। आयोगले दल दर्ताको अन्तिम समयसीमा कात्तिक ३० गते तोकेको छ। त्यसअघि विप्लव समूहले निवेदन बुझाएर आफ्नो संगठनलाई औपचारिक रूप दिन थालेको हो।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  २ : ०८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको