२०८२, ६ माघ मंगलबार

महावीर पुन मन्त्री बन्न इच्छुक, भगवान कोइरालाले अस्वीकार

काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रिया चलिरहँदा वैज्ञानिक महावीर पुनले विज्ञान तथा प्रविधि मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। यता, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि प्रस्ताव गरिएका डा. भगवान कोइरालाले भने मन्त्री बन्न अस्वीकार गरेका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा विज्ञ, पूर्वप्रशासक र जनआन्दोलन प्रतिनिधित्व समेट्ने प्रयास भइरहेको स्रोतले जनाएको छ।