काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ। पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको हो।
बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ। बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।
पार्टीभित्रका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम तथा आगामी दिनमा अपनाउने रणनीतिबारे बैठकमा छलफल केन्द्रित रहेको बताइएको छ।
बैठकबाट पार्टीको आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया