२०८३, १७ भाद्र बिहीबार

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विषय कार्यसूचीमा

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विषय कार्यसूचीमा


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी विषय कार्यसूचीमा राखिएका छन्।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्नेछन्।यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा विधेयकलाई समितिमा पठाउने प्रक्रिया अघि बढ्नुका साथै नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार र समुद्री जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताका विषयमा समेत सदनमा प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ९ : ०८ बजे

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव

काठमाडौं । विपद्का बेला बाढीपीडितलाई राहत वितरण गर्दा चाउचाउ, बिस्कुट र

चार संसदीय समितिको बैठक बस्दै, बाढी र विशेष सेवा विधेयकदेखि पूर्वाधारसम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विषय कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा

सुरुङ उद्धारको प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको दाबी गलत : विज्ञ

काठमाडौं । बाढी र हिलोमाटोले थुनिएका सुरुङबाट मानिसको उद्धार गर्ने