२०८३, २३ आश्विन शनिबार

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको सबै जिम्मेवारी त्याग्दै राप्रपाबाट अलग भएको घोषणा गरेका छन्।

पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिदेखि अलग भएको जानकारी दिएका हुन्।

पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक असमझदारी र गुटगत संघर्षप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो निर्णय लिएको बताएका छन्। नेतृत्व तहमा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि बढ्दै गएको र त्यसले पार्टीको घोषित राजनीतिक मूल्य तथा उद्देश्यसँग मेल खान नसकेको उनको आरोप छ।

पाठकले राप्रपाले भ्रष्टाचारविरुद्ध कडा धारणा सार्वजनिक गर्दै आए पनि व्यवहारमा पारदर्शिता र प्रतिबद्धताको पर्याप्त अनुभूति हुन नसकेको बताएका छन्। पार्टीभित्रको यही अवस्थाका कारण आफूजस्ता नयाँ पुस्ताका नेता तथा युवाहरूले परिवर्तन ल्याउन सक्ने सम्भावना कमजोर देखिएको उनको भनाइ छ।

यद्यपि उनले पार्टीको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र राजनीतिक प्रतिबद्धताको भने प्रशंसा गरेका छन्। उनीहरूको योगदान प्रेरणादायी रहेको पाठकले उल्लेख गरेका छन्।

पाठक यसअघि रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका थिए। विवेकशील साझा हुँदै राप्रपाको नेतृत्व तहमा पुगेका पाठकको बहिर्गमनलाई पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रममा महत्वपूर्ण रूपमा हेरिएको छ।

उनको राजीनामासँगै राप्रपाको नेतृत्व र संगठनभित्रको आन्तरिक विवाद तथा नयाँ पुस्ताका नेताहरूको असन्तुष्टिबारे पुनः बहस सुरु हुने देखिएको छ।

प्रकाशित मिति : २०८३, २० भाद्र आईतबार  ७ : ०७ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि