२०८२, २२ फाल्गुन शनिबार

कांग्रेसमा विशेष महाधिवेशन दबाब : प्रतिनिधिहरू भेला बस्दै

काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भोलि काठमाडौंमा भेला बस्ने भएका छन्। विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टी नेतृत्वमाथि दबाब दिन भेला बोलाएका हुन्। पार्टीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरे पनि कांग्रेसले प्रक्रिया अघि बढाएको छैन। नेताहरू नियमित महाधिवेशनमा जोड दिँदै आएका छन्, तर कार्यतालिका ल्याउन ढिलाइ भइरहेको…