२०८३, १९ आश्विन मंगलबार

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा


काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाएका छन् । उनले नेपालको इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्ने भन्दै यसै दिन धेरै नागरिक हताहत हुनुका साथै कैयौँ पत्रकारसमेत समस्यामा परेको बताए । राज्यका विभिन्न निकायले जेन–जी आन्दोलनलाई संस्थागत गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।

लामाले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवा तथा बालबालिकाप्रति भने आफूहरूको पूर्ण सम्मान रहेको स्पष्ट पारे। तर शहीदका नाममा सालिक बनाउने तथा देखावटी सम्मान गर्नेभन्दा उनीहरूका परिवारको अवस्था र पीडालाई सम्बोधन गर्नुपर्ने उनले बताए। ‘शहीदको नाममा सालिक बन्दैमा वास्तविक सम्मान हुँदैन,’ भन्दै उनले शहीद परिवारले न्याय नपाएको गुनासो गरिरहेकोतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले शहीद परिवारलाई उचित न्याय, राहत र आत्मसम्मान दिलाउनु राज्यको पहिलो दायित्व भएको बताए ।सालिक निर्माण गरेर शहीद परिवारको पीडा र असन्तुष्टि सम्बोधन नहुने भन्दै लामाले यस्तो कार्यले उल्टै शहीदहरूप्रति राज्यकै अपमान हुने टिप्पणी गरे । शहीद परिवारको वास्तविक आवश्यकता र न्यायको विषयलाई प्राथमिकतामा राखेर राज्य अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३, २३ भाद्र बुधबार  ४ : २७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि