२०८३, १९ आश्विन मंगलबार

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल


काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नहरूलाई ‘नेपाल राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन्।

भदौ २४ गतेलाई ‘देश जलाइएको दिन’का रूपमा चित्रण गर्दै रिजालले उक्त दिनका हिंसात्मक गतिविधिमा संलग्नहरू जेनजी, भ्रष्टाचारविरोधी, सुशासन पक्षधर वा ‘नेपोबेबी’ विरोधी नभएको दाबी गरेका छन्।

रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “ती कुनै जेनजी थिएनन्। ती कुनै भ्रष्टाचारविरोधी थिएनन्। ती कुनै सुशासन पक्षधर थिएनन्। ती कुनै नेपोबेबी विरोधी थिएनन्। ती थिए– नेपाल राष्ट्रका दुश्मनहरू।”

उनका अनुसार भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवासलगायत राष्ट्रिय महत्वका संरचनामा आगजनी भएको थियो। उनले देशभर हजारौँ व्यक्तिका घर, सार्वजनिक संस्थान, सरकारी कार्यालय तथा व्यवसायमा समेत आगजनी र लुटपाट भएको दाबी गरेका छन्।

भदौ २३ गतेको घटनालाई ‘अकल्पनीय’ भन्दै रिजालले त्यसलाई राज्यको लापरबाही र लाचारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। उनका अनुसार तत्कालीन गृहमन्त्रीले अघिल्लो साँझ नै राजीनामा दिएका थिए भने प्रधानमन्त्रीले भदौ २३ गते दिउँसो २ बजे राजीनामा दिएर हेलिकोप्टरमार्फत बालुवाटार छाडेका थिए।

प्रधानमन्त्रीको राजीनामापछि पनि देशमा आगजनी नरोकिएको रिजालको भनाइ छ। “अधिकांश आगजनी प्रधानमन्त्रीको राजीनामापछि गरिएको छ,” उनले दाबी गरेका छन्।

रिजालले आन्दोलनका क्रममा सर्वसाधारणका छोराछोरीले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सत्तामा रहेका केही व्यक्तिहरू उक्त घटनाका ‘लाभग्राही’ भएको आरोपसमेत लगाएका छन्। उनीहरूको आन्दोलनमा कुनै क्षति नभएको र योगदान पनि नरहेको उनको दाबी छ।

“जनताका छोराछोरी मरेरमारिए। अहिले जो सत्तामा छन्, यी लाभग्राही हुन्। तिनको त्यस आन्दोलनमा केही क्षति भएको छैन, केही योगदान पनि छैन,” रिजालले भनेका छन्।

समय सधैँ एकनास नरहने भन्दै रिजालले राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख कतै न कतै रहने बताएका छन्। उनले भविष्यमा यस्ता घटना दोहोरिन नहुने आशासमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३, २३ भाद्र बुधबार  १२ : ५४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि