२०८३, १९ आश्विन मंगलबार

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य


काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसलाई नेपालको इतिहासकै ‘अभूतपूर्व विनाश’ भन्दै त्यसमा संलग्न प्रवृत्तिमाथि तीव्र आक्रोश पोखेका छन्।

घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले राज्यका संरचना, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथिको ध्वंसलाई सामान्य राजनीतिक घटनाका रूपमा लिन नसकिने बताएका छन्।

‘आफ्नै इतिहासका पानामा आगो सल्काएर खरानीको टीका लगाउने’ प्रवृत्तिमाथि कडा कटाक्ष गर्दै उनले शत्रुले वर्षौंसम्म योजना बनाएर पनि गर्न नसक्ने विनाश आफ्नै हातबाट भएको टिप्पणी गरेका छन्।

आचार्यले देशका सम्पदा र संरचना ध्वस्त पारेर सत्ताको कुर्सीमा मुस्कुराउने राजनीतिक प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। उनका अनुसार यस्तो विनाशले केवल भौतिक क्षति मात्र गर्दैन, नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास र लगानीको वातावरणमाथि समेत गम्भीर प्रहार गर्छ।

भदौ २४ लाई नेपालको इतिहासको **‘कालो अध्याय’**का रूपमा चित्रण गर्दै आचार्यले विगतको विनाशबाट पाठ सिक्नुपर्ने बताएका छन्। सत्ता र राजनीतिक स्वार्थका नाममा राष्ट्रिय सम्पदा तथा राज्यका संरचनामाथि हुने कुनै पनि ध्वंसलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ।

प्रकाशित मिति : २०८३, २३ भाद्र बुधबार  १ : ०७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि