२०८३, ९ कार्तिक सोमबार

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य


काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसलाई नेपालको इतिहासकै ‘अभूतपूर्व विनाश’ भन्दै त्यसमा संलग्न प्रवृत्तिमाथि तीव्र आक्रोश पोखेका छन्।

घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले राज्यका संरचना, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथिको ध्वंसलाई सामान्य राजनीतिक घटनाका रूपमा लिन नसकिने बताएका छन्।

‘आफ्नै इतिहासका पानामा आगो सल्काएर खरानीको टीका लगाउने’ प्रवृत्तिमाथि कडा कटाक्ष गर्दै उनले शत्रुले वर्षौंसम्म योजना बनाएर पनि गर्न नसक्ने विनाश आफ्नै हातबाट भएको टिप्पणी गरेका छन्।

आचार्यले देशका सम्पदा र संरचना ध्वस्त पारेर सत्ताको कुर्सीमा मुस्कुराउने राजनीतिक प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। उनका अनुसार यस्तो विनाशले केवल भौतिक क्षति मात्र गर्दैन, नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास र लगानीको वातावरणमाथि समेत गम्भीर प्रहार गर्छ।

भदौ २४ लाई नेपालको इतिहासको **‘कालो अध्याय’**का रूपमा चित्रण गर्दै आचार्यले विगतको विनाशबाट पाठ सिक्नुपर्ने बताएका छन्। सत्ता र राजनीतिक स्वार्थका नाममा राष्ट्रिय सम्पदा तथा राज्यका संरचनामाथि हुने कुनै पनि ध्वंसलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ।

प्रकाशित मिति : २०८३, २३ भाद्र बुधबार  १ : ०७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि