२०८३, ६ आश्विन बुधबार

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ


काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे छलफल गर्दा नेतृत्व तथा पदाधिकारीको कार्यकालदेखि नयाँ पुस्ताको नेतृत्व विकाससम्मका विषयमा बैठकले ठोस निर्णय लिनुपर्ने बताएका छन्।

उनले नेतृत्व तथा पदाधिकारीको कार्यकाल, जनसंगठनको सञ्चालन तथा पुनर्संरचना, उम्मेदवार छनोटको विधि, कमिटी प्रणालीको प्रभावकारिता, युवा तथा महिलाको अर्थपूर्ण सहभागिता र पार्टीमा नयाँ पुस्ताको प्रवेश तथा नेतृत्व विकासलाई प्रमुख एजेन्डाका रूपमा अघि सारे। भट्टराईले पार्टी र नयाँ पुस्ताबीचको सम्बन्धलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्नेमा जोड दिए।

उनले भने, “हामी सबैले आफ्ना छोरा–छोरी, भाइ–बहिनी, नातेदार तथा आफ्नो वरिपरिका युवालाई पार्टीमा कति जोड्न सकेका छौँ? यो प्रश्न हामी प्रत्येकले आफैंलाई सोध्नुपर्छ।” पार्टीको भविष्यबारे भाषण गरेर मात्र नहुने भन्दै भट्टराईले नयाँ पुस्ताले आफ्नै भविष्य पार्टीभित्र देख्छ कि देख्दैन भन्ने प्रश्नले पार्टीको भविष्य निर्धारण गर्ने बताए।

उनका अनुसार पार्टीलाई समयअनुकूल बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्ने र नेतृत्व विकासको अवसर सिर्जना गर्ने विषय अब छलफलमा मात्र सीमित नभई निर्णय र कार्यान्वयनको तहमा लैजान आवश्यक छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ११ : २३ बजे

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित