२०८३, ६ आश्विन बुधबार

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि राखेका धारणा, सुझाव र प्रश्न समेट्दै प्रतिवेदन पारित गरेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि उठाएका विषयमा जवाफ दिएका थिए।

यसैबीच, केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे रामबाग भवनमै बस्ने भएको छ। त्यसअघि बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : ३१ बजे

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित

न्युयोर्कमा बालेन : गुटेरेस भेटेर राष्ट्रसंघमा सम्बोधन, १७ औँ नम्बरमा पालो

न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी