२०८३, ६ आश्विन बुधबार

‘एमाले फुटोस् भन्ने सपना देख्नेहरूको सपना चकनाचुर हुन्छ’ : आरती भण्डारी

‘एमाले फुटोस् भन्ने सपना देख्नेहरूको सपना चकनाचुर हुन्छ’ : आरती भण्डारी


काठमाडौं । नेकपा एमालेकी नेतृ आरती भण्डारीले पार्टी विभाजनको प्रतीक्षा गरिरहेका शक्तिहरूको सपना पूरा हुन नदिने बताएकी छन्।

जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै भण्डारीले एकातर्फ एमाले एकढिक्का, अझ बलियो र सशक्त भएर अघि बढोस् भन्ने कार्यकर्ता तथा शुभचिन्तकको ठूलो पंक्ति रहेको र अर्कोतर्फ पार्टी कमजोर तथा विभाजित भएको हेर्न चाहने संगठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय रहेको बताइन्। उनले जारी केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रका मतभेदलाई विधिसम्मत रूपमा समाधान गर्दै एमाले अझ मजबुत र एकताबद्ध भएर अघि बढ्ने दाबी गरिन्।

‘एकातर्फ एमाले एकढिक्का, अझ बलियो र सशक्त भएर आओस् भन्ने कार्यकर्ता र शुभचिन्तकको पंक्ति छ, अर्कोतर्फ एमाले कमजोर होस्, विभाजन होस् भनेर प्रतीक्षा गरिरहेका संगठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू छन्,’ भण्डारीले भनिन्। पार्टीलाई कमजोर बनाउने मनसाय राख्नेहरूका लागि जारी बैठक निर्णायक बन्ने दाबी गर्दै उनले भनिन्, ‘यो केन्द्रीय कमिटीको बैठकबाट गलत मनसाय राख्नेहरू सबैका सपना चकनाचुर हुनेछन्। पार्टी थप मजबुत र एकताबद्ध हुनेछ।’

भण्डारीले पार्टीभित्रका असहमति र बहसलाई विभाजनको आधार नबनाई संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र आगामी राजनीतिक चुनौती सामना गर्ने दिशामा केन्द्रित गर्नुपर्नेमा जोड दिइन्। उनले एमालेको आन्तरिक एकता कमजोर पार्ने कुनै पनि गतिविधिभन्दा संगठन, विचार र नेतृत्वलाई थप सुदृढ बनाउने कार्यभार अहिलेको प्राथमिकता भएको बताइन्।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : ०७ बजे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित

न्युयोर्कमा बालेन : गुटेरेस भेटेर राष्ट्रसंघमा सम्बोधन, १७ औँ नम्बरमा पालो

न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार