काठमाडौं, २१ कात्तिक– एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ । यस्तै हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको…