२०८३, १५ कार्तिक आईतबार

काठमाडौंमा नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली

काठमाडौंमा नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली


काठमाडौं, २४ पुस  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ ।
चिनियाँ अधिकारीहरु झेकुन लाई, योङलिन झु र डोङ्मे हुङ विवाद मिलाउन काठमाडौं आएर कसरतमा जुटेका हुन् । उनीहरु डिसेम्बर २६ मा यहाँ आएका हुन् । अध्यागमन स्रोतका अनुसार झेकुन इसी ८००९१०४ नम्बरको पासपोर्ट, योङलिन इसी ४५११२०० नम्बरको पासपोर्ट र डोङ्मे ९९४४५१३६ नम्बरको पासपोर्टमा नेपाल आएका हुन् ।
उनीहरु कुटनीतिक राहदानीको सट्टा सामान्यमा आएका थिए । यसअघि आएको टोलीले पनि नेकपालाई मिल्न सुझाव दिएर फर्केको थियो । तीन सदस्यीय चिनियाँ अधिकारीहरुको टोली आएको केही सातापछि नेपालका लागि चिनियँ राजदूत होउ यान्छीले नेकपाका प्रमुख नेताहरुसँग अनौपचारिक कुराकानी गरेको स्रोतको दाबी छ । यान्छीले बुधबार पनि केपी आोली समूहलाई भेटेकी थिइन् । नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : १० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक