२०८३, २३ आश्विन शनिबार

नेकपामा फर्किए प्रचण्ड र माधव नेपाललाई माफी दिन्छु : प्रधानमन्त्री ओली

नेकपामा फर्किए प्रचण्ड र माधव नेपाललाई माफी दिन्छु : प्रधानमन्त्री ओली


काठमाडौँ १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीबिरुद्ध गरिएका सवै गल्तीलाई माफी दिने घोषणासहित पार्टीमै फर्कन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसहित सवैलाई आह्वान गर्नुभएको छ । अनेरास्वबियूले काठमाडौंमा आज आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो ।

‘तपाईंहरुका सवै अपराध माफी दिन्छु, पार्टीमै फर्कनोस, तपाईंहरुका गल्ती, कमजोरी र बदमासीको वावजुद सय खत माफ, आउनोस पार्टीमा,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देश बनाउने अभियानमा तपाईहरुको स्वार्थ त्यागेर आउनोस । देश बनाउने अठोट गरेर स्वार्थ, छटपटी छोडेर आउनोस, पार्टीमा तपाईहरुको स्थान यथावत राखिएको छ । तपाईहरु कुर्सी प्यारो लाग्ने मान्छे, ती कुर्सी यथावत छ । तपाईहरु आउनु भएन भने पनि यो अभियान अगाडि बढछ ।’

उहाँले कार्यकारी अधिकार र प्रवक्ता पदको दुरुपयोग गरेकोले ती दुई अधिकार मात्रै पार्टीले सच्याएको बाँकी सवैको स्थान यथावत रहेको बताउनु भयो । ‘कार्यकारी अधिकार दिएपछि बदमासी धेरै गर्नुभयो, त्यो मात्रै फिर्ता लिएको हो, अध्यक्ष पद यथावत राखिएको छ, बरिष्ठ नेताहरुको स्थान पनि यथावत छ, प्रवक्ताले धेरै दुर्गन्ध फैलाएकोले त्यो खोसिए पनि सचिवालय सदस्यको स्थान यथावत छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर माइतिघर मण्डलातिर आफ्नै कुरा नक्कल गरेर गएको भन्दै ब्यंग्य पनि गर्नुभयो । ‘मैले पहिला संसदमा भनेको थिएँ, हामी यही छौं, नबिर्स, हामी फेरि फर्केर आउँछौं भनेको थिए, त्यस्को नक्कल गरेको, त्यो पनि हामी यहाँ छौं भनेर मण्डलामा बस्नुभएछ । मण्डलामा किन बस्नुहुन्छ, यत्रो पार्टी यहाँ छ, यँही आउनोस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले पार्टीमा नफर्के प्रचण्ड र माधव नेपालहरुको अवस्था एक्लो हुनेबाहेक अन्य नरहेको बताउनु भयो ।

‘सच्चिएर आउनोस नत्र मरेकालाई उपियाँल छोडे जस्तो कार्यकर्ताले छोडनेछन । त्यसबेला हामी यहाँ छौं हैन, म यहाँ छु भनेर लेख्नुपर्नेर्छ । त्यसो किन गर्नुहुन्छ, पार्टीमै आउनोस, पार्टी उहाँ छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ७ : १६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य