२०८३, ११ भाद्र शुक्रबार

दुबै पक्षका गुटगत भेलामा सहभागी नहुने नेकपा स्वर्गद्वारी नगरकमिटीको निर्णय

दुबै पक्षका गुटगत भेलामा सहभागी नहुने नेकपा स्वर्गद्वारी नगरकमिटीको निर्णय


प्यूठान २५ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले मूलतः दुई खेमामा विभक्त छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह निर्माण गरेरै गेटगत भेला तथा विभिन्न कार्यक्रमहरुमा सक्रिय हुँदै आएका छन् ।

स्वर्गद्वारी नगरपालिका प्यूठानको नेकपा नगर कमिटीले भने दुवै पक्षका गुटगत भेलामा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार भिंगृको जलुकेमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नगर कमिटीका अध्यक्ष भुवन पुनले जानकारी दिए ।

‘पार्टी विभाजन भैसकेको अवस्था छैन,’ उनले भने, ‘गुटगत भेला÷बैठकहरुमा सहभागी नहुने र जुन पक्ष आधिकारिक संस्थापन हुन्छ त्यहि नै नगरकमिटी हुन्छ ।’ दुवै पक्षले आफू नै आधिकारिक पार्टी भएको दावी गर्दै आएका छन् । निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुंगो लगाउन बाँकी छ ।

नेताहरु एक–अर्कालाई दोष लगाएर गालिगलौजमा उत्रिए पनि जनता त्यसको पक्षमा नभएको नगरकमिटी सचिव टेकबहादुर भट्टराईले बताए । ‘जनताले विकास निकास चाहिरहेको छ,’ उनले भने, ‘त्यसैले हामी कुनै पक्षमा छैनौं ।’

कुनै व्यक्तिको स्वार्थका लागि पार्टी फुटको पक्षमा नगरकमिटी नरहेको भन्दै उनले सिङ्गो पार्टीलाई बचाइ राख्न यस्तो निर्णय लिइएको बताए । अनलाइन खबरबाट

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  १० : ५३ बजे

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जनै फेरेर र रक्षाबन्धन बाँधेर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात्

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत