काठमाडौँ, १७ जेठ: प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी आज स्वदेश फिर्ता हुनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उहाँ भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा,…