२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै नआउने नेम्वाङको दाबी

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै नआउने नेम्वाङको दाबी


काठमाडौँ, १५ फागुन । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव नै नआउने दाबी गरेका छन् ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल नहुने भएपछि विरोधीहरु प्रस्ताव ल्याउन नै डराएको टिप्पणी गरेका हुन् ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङको तर्क थियो ।

नेता नेम्वाङले प्रतिनिधि सभा पुनर्स्थापना पछि सरकार झनै बलियो भएको दाबी समेत गरेका छन् । संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनस्र्थापनापछि झनै बलियो भएको उनको दाबी छ । सरकार बलियो हुँदा कामचलाउ भन्नेहरुलाई अहिले अप्ठ्यारो परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७, १५ फाल्गुन शनिबार  ८ : ३६ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी