२०८३, २३ आश्विन शनिबार

प्रधानमन्त्री ओलीको रक्षा गर्न पाँच लाख साइबर सेना

प्रधानमन्त्री ओलीको रक्षा गर्न पाँच लाख साइबर सेना


काठमाडौँ, ८ फागुन । राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिएका हुन् ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सिंहले सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओली विरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्न साइबर सेना निर्माण गरेको जानकारी दिएका हुन् ।

आउँदो चैतभित्र ५ लाख बर्दी बिनाको साइबर सेना निर्माण हुने जानकारी दिँदै अध्यक्ष सिंहले भने ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’ ।

 

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  १० : ४९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य