२०८३, १४ कार्तिक शनिबार

ओलीसँग पीडित भएपछि नेपालसँग सहकार्य : प्रचण्ड

ओलीसँग पीडित भएपछि नेपालसँग सहकार्य : प्रचण्ड

ओलीसँग सहकार्यको कुनै सम्भावना छैन : नेपाल


काठमाडौँ, १५ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीबाट पीडित हुन थालेपछि आफूले माधव नेपालसँग सहकार्य अगाडि बढेको बताएका छन् ।

शनिबार ललितपुरको जाउलाखेलमा शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेता नेपाललाई जस्तै आफूलाई पनि प्रधानमन्त्री ओलीले पेल्न थालेपछि दुई नेताबीच सहकार्य भएको स्पष्ट पारेका हुन् । माधव नेपाललाई निमोठेर सिध्याउने र मलाई किचिक्क पार्छु भन्ने ओलीको रणनीति आफूले एक महिनापछि मात्रै बुझेको दाहालको भनाइ छ ।

कार्यक्रममा नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधव नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । उनले ओलीको सबैभन्दा पहिला राजीनामा माग्ने वामदेव गौतमले सुधार्न कोसिस गरिरहेकोमा आफूलाई आश्चार्य लागेको समेत बताए ।

अध्यक्ष नेपालले अव ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ नभएको भन्दै नेपालले आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाउनेसमेत स्पष्ट पारे ।

प्रकाशित मिति : २०७७, १५ फाल्गुन शनिबार  ८ : २० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक