२०८३, १ आश्विन शुक्रबार

अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलले दिए चुनौती

अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलले दिए चुनौती


काठमाडौँ, १४ फागुन । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौतीसमेत दिए । अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उपप्रधानमन्त्री पोखरेलले कसैले भन्दैमा जनताले विश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिएका हुन् ।

प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री पोखरेलले अदालतले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको आरोपसमेत लगाए । उनले सबैभन्दा ठूलो अदालत सर्वोच्च नभई जनता भएको जिकिर समेत दिए ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाँड्नुको कुनै अर्थ नरहेको बताए । प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा प्रधानमन्त्री हुन नसक्ने भन्दै रायमाझीले दुई वर्ष थप सांसद हुन पाएकोमा लड्डु खाएको टिप्पणी गरे ।
 

प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रबार  ९ : ३४ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी