काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ। बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत, जनमोर्चालगायत दलको सहभागिता रहने जानकारी दिए।खरेलका अनुसार बाढीपहिरोजस्ता विपद्पछि दिगो विकास निर्माण, विपद् जोखिम न्यूनीकरण तथा समग्र राष्ट्रिय विषयमा समन्वय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको हो।त्यस्तै, संसद्मा दलहरूको प्राप्त सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र…