२०८३, ५ मंसिर शनिबार

संसद् विघटनलाई लिएर राष्ट्रपतिमाथि ओलीको कटाक्ष, ‘डरपोक भएर असंवैधानिक कदम चाल्नुभयो’

संसद् विघटनलाई लिएर राष्ट्रपतिमाथि ओलीको कटाक्ष, ‘डरपोक भएर असंवैधानिक कदम चाल्नुभयो’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। उनले संसद् विघटनको घटनालाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलमाथि समेत कटाक्ष गरेका छन्।

नेशनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै ओलीले आतङ्क, आगजनी र तोडफोडको पृष्ठभूमिबाट वर्तमान सरकार गठन भएको आरोप लगाए। आफू प्रधानन्यायाधीशसमेत भइसकेको व्यक्तिले असंवैधानिक कदम चालेको उनको टिप्पणी थियो।

ओलीले प्रधानमन्त्री नियुक्तिको प्रक्रिया र प्रतिनिधिसभा विघटनप्रति प्रश्न उठाउँदै राष्ट्रपति पौडेललाई ‘डरपोक’को संज्ञा दिए।

‘राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ?’ ओलीले प्रश्न गरे।

उनले प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतसमेत मौन बसेको आरोप लगाउँदै सरकार गठनदेखि संसद् विघटनसम्मका घटनाक्रमको आलोचना गरे।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : १० बजे

भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भारत भ्रमणमा ३५ वर्षदेखिका समस्या समाधान गर्न खनालको चुनौती

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

संसद् विघटनलाई लिएर राष्ट्रपतिमाथि ओलीको कटाक्ष, ‘डरपोक भएर असंवैधानिक कदम चाल्नुभयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

भारत भ्रमणमा व्यापार घाटा, विद्युत् निर्यात र हवाई मार्गलाई प्राथमिकता दिन भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न

डिजिटल युगमा पनि टेलिभिजनको महत्त्व उत्तिकै, विश्व दिवस मनाइयो

काठमाडौं । नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस आज विभिन्न