२०८३, ५ मंसिर शनिबार

नेशनल भोलिन्टियर फोर्स देशव्यापी विस्तार गर्न ओलीको निर्देशन

नेशनल भोलिन्टियर फोर्स देशव्यापी विस्तार गर्न ओलीको निर्देशन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार गरी सुदृढ र परिणाममुखी संगठन बनाउन निर्देशन दिएका छन्।

फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रममा बोल्दै ओलीले एक वर्षको अवधिमा संगठनले राष्ट्रियता, लोकतन्त्रको रक्षा तथा विपद् उद्धार र राहतका क्षेत्रमा भूमिका खेलेको बताए। आगामी दिनमा संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

उनले फोर्सलाई संगठन विस्तारमा मात्र सीमित नराखी राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, संविधानको रक्षा, सामाजिक सेवा र देश निर्माणमा युवाहरूलाई परिचालन गर्न आग्रह गरे।

फोर्स शान्तिपूर्ण संगठन भएको उल्लेख गर्दै ओलीले भिडन्त र मुठभेड खोज्ने नभई समाजका बेथिति तथा गलत कामविरुद्ध आवाज उठाउनुपर्ने बताए। ‘यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो। यो लड्ने भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो,’ उनले भने।

कार्यक्रममा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे पनि टिप्पणी गरे। उनले भदौ २३ गते युवाहरूले आफ्ना माग राखेर आन्दोलन गरेको र त्यसपछि घुसपैठमार्फत लुटपाट, आगजनी तथा तोडफोडका घटना भएको जिकिर गरे। ती घटनामा संलग्न व्यक्ति र समूहको पहिचान गरी निष्पक्ष छानबिन गर्नुपर्ने उनको माग थियो।

आगजनी र तोडफोडमा प्रयोग भएका भनिएका रासायनिक पदार्थ तथा पेट्रोल बमबारे समेत अनुसन्धान हुनुपर्ने उनले बताए।

त्यस्तै, पार्टी अध्यक्षको गिरफ्तारीका क्रममा एमाले नेता तथा कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र धरपकडको प्रसङ्ग उठाउँदै ओलीले प्रहरी तथा प्रशासनलाई राजनीतिक आदेशभन्दा संविधान र कानुनअनुसार काम गर्न आग्रह गरे। राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने वा विभेद गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

ओलीले नेपाली युवाको शक्ति राष्ट्रिय हित, लोकतन्त्र, विकास र सामाजिक सेवामा परिचालन गर्नुपर्नेमा जोड दिँदै नेशनल भोलिन्टियर फोर्सलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिए।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : ४५ बजे

अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले

नेशनल भोलिन्टियर फोर्स देशव्यापी विस्तार गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि

सात दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र

विश्व टेलिभिजन दिवस : सूचना, चेतना र विश्वलाई जोड्ने माध्यम

काठमाडौं ।  मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र