विराटनगर, १९ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उहाँले मुलुकलाई अहिले चाहिने दक्षजनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयले यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक…