२०८३, १२ कार्तिक बिहीबार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा गएराति अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका छन्।

शुक्रबार प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिअनुसार लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात करिब १२ बजे ढुंगा प्रहार हुँदा झ्यालका सिसा फुटेका छन्।

अध्यक्ष पाण्डेले बताएका अनुसार, ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ। सो घरमा उनकी आमा र हजुरआमा बस्दै आएका छन्।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा भएको यस्तो आक्रमण अत्यन्त गम्भीर र निन्दनीय छ।”

प्रेस चौतारी नेपालले भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध भइरहेका उत्तेजनात्मक पोस्ट र घरमा आक्रमण गर्न गरिएको आह्वानपछि यो घटना योजनाबद्धरूपमा भएको ठहर गरेको छ।

महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अध्यक्षलाई डर देखाएर चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन। अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गर्दछौं।”

प्रेस चौतारी नेपालले घटनाको निष्पक्ष र छिटो अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन प्रशासन र सुरक्षा निकायसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ३ : ०२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता