२०८३, २० आश्विन बुधबार

पोखरामा एमालेले मोटरसाइकल र्‍याली निकाल्दै

पोखरामा एमालेले मोटरसाइकल र्‍याली निकाल्दै


पोखरा। नेकपा एमाले कास्कीले कात्तिक १५ गते शनिबार संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकता विरुद्ध मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ। र्‍यालीको जानकारी उपाध्यक्ष भेषराज बरालले दिँदै भने, “जेन्जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको विरुद्ध शान्ति र सामाजिक सद्भाव कायम गर्न र्‍याली निकाल्न लागिएको हो।”

दिउँसो २ बजे पोखराको सभागृहबाट सुरु हुने र्‍याली न्यूरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै पुनः सभागृहमा समापन हुनेछ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले भने, “देशमा फैलिँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी कदम र अस्थिरताको विरुद्ध प्रदर्शन गर्न र्‍याली गर्न लागेको हो। यसबाट संविधान, राष्ट्रियता र जनताको अधिकारमा दृढता र ऐक्यबद्धताको सन्देश जानेछ।”

कार्यक्रममा कास्की ईन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य राजिब पहारी, युवा नेता माधब बास्तोला, महानगर कमिटिका अध्यक्ष जीवन आचार्य, जिल्ला सचिव दर्शन लामा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन ढुङ्गना लगायतले र्‍यालीलाई भव्य र व्यवस्थित बनाउन सुझाव दिएका छन्।

यसअघि नै एमालेले आगामी मंसिर २७–२९ गते पोखरामा हुने ११ औँ महाधिवेशनको तयारी सुरु गरिसकेको छ। त्यसको लागि कार्तिक १५ गते बस्ने सचिवालय बैठकले कार्यतालिका सहित निर्णय गर्नेछ र त्यसपछि महाधिवेशन तयारीमा तीव्रता दिइनेछ।

हेल्मेट अनिवार्य छ भने पटकाउने र ठूलो आवाज गर्ने मोटरसाइकललाई र्‍यालीमा भाग लिन निषेध गरिएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ११ : १२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको