२०८३, ३० भाद्र बुधबार

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा


काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ।

दल दर्ता गरेपछि बसेको पहिलो बैठकपछि अध्यक्ष कवीर सोबले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख प्रणालीले स्थिर सरकार र दिगो विकास सुनिश्चित गर्ने बताएका छन्। उनका अनुसार संसद्को गणितीय अस्थिरता अन्त्य गर्न यस्तो प्रणाली आवश्यक छ।

बैठकले चौधरीलाई संरक्षक, अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष र डा. उमाशंकर प्रसाद चौधरीलाई महासचिव नियुक्त गरेको छ। पार्टीले स्थिरता, समावेशिता र जनमतमा आधारित शासनलाई आफ्नो मूल एजेण्डा बनाउने जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  २ : ४२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको