२०८३, २० आश्विन बुधबार

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक संगठनको दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन्।

चौधरी बिहीबार बिहान आफ्ना सहकर्मी नेताहरूसहित निर्वाचन आयोग पुगे। उनीहरू सबै एउटै पोशाकमा उपस्थित भएका थिए, जसले नयाँ दलको एकता, अनुशासन र नयाँ सुरुवातको सन्देश दिएको देखिएको छ। चौधरी नेतृत्वको टोलीले आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू पेश गरेको छ। पार्टीले आगामी निर्वाचनका लागि ‘जाँतो’ चुनाव चिन्ह माग गरेको बताइएको छ।

सो अवसरमा चौधरीसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि उपस्थित थिए। अब्दुलसहित जनमत पार्टीका पाँच जना केन्द्रीय नेताहरूले असोजको पहिलो साता पार्टी त्यागेका थिए। टीकापुर घटनापछि भूमिगत अवस्थामा रहेर भारी मतले सांसद निर्वाचित भएका चौधरी, जेलमुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीमार्फत राजनीतिक भूमिकामा सक्रिय बनेका थिए।

तर पछिल्ला महिनाहरूमा पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ र चौधरीबीच आन्तरिक विवाद तीव्र बनेको थियो। नेतृत्वको दिशा, निर्णय र पार्टी सञ्चालनको शैलीका विषयमा मतभेद बढेपछि चौधरी समूहले नयाँ दलको घोषणा गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार चौधरीको नयाँ दलले आफूलाई थरुहट-थारू समुदायको अधिकार, पहिचान र राष्ट्रिय समानताको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  ४ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको