२०८३, २० आश्विन बुधबार

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ


काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजेदेखि डाकिएको हो। बैठकको मुख्य एजेण्डा महाधिवेशनको तयारी र जनपरिचालन रहेका छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, सचिवालय बैठक आगामी पोखरा महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटी, व्यवस्थापन र निर्वाचन तालिका बारे बैठकमा निर्णय लिने योजना बनाइएको छ।

गौतमले नेपाल प्रेससँग भने, “आज क्यालेन्डर, प्रतिनिधिको रेसियो, प्रतिनिधि छनोट मिति र शुल्क जस्ता विषयमा अन्तिम निर्णय हुनेछ।” यसवर्षको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान गरिएको छ। सौराहामा आयोजित १०औं महाधिवेशनमा आयोजकसहित १९ सय प्रतिनिधि थिए।

गौतमका अनुसार, वर्तमानमा एमालेमा ६ लाख ६३ हजार संगठित सदस्य रहेको छ। यसपटक सदस्य संख्या बढेकाले प्रतिनिधि चयनको अनुपात १२ सय सदस्यमा ३ जना प्रतिनिधि हुने खाका बनाइएको छ। यद्यपि, यो अन्तिम निर्णय सचिवालयले नै गर्नेछ।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  ११ : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको